नियम २७
निर्णय सुनाउने
(१) न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणले आफू समक्ष परेको
मुद्दामा निर्णय गर्दा त्यस्तो मुद्दाका उपस्थित पक्षलाई आफ्नो निर्णय सुनाइ निजबाट
निर्णय सुनिपाएको भरपाई गराइ मिसिल संलग्न राख्नु पर्नेछ ।
(२) मुद्दाको निर्णय गर्दाको बखत अनुपस्थित रहेका पक्षका हकमा निर्णय भएको
सात दिन भित्र निजलाई निर्णयको जनाउ दिनु पर्नेछ ।